बोलेरो गाडीबाट खसेर एक जनाको मृत्यु

दियो पोस्ट  

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवारएक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका–२ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाई रहेका छन् । गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पताल सानेपा ललितपुरमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।