काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूको बारेमा औपचारिक जानकारी गराएको छैन । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।
उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।