नक्कली शरणार्थी प्रकरण : प्रतिवादीका तर्फबाट थुनछेक बहस सकियो, भोलि जवाफी बहस

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएको छ। २१ जेठबाट सुरु भएको बहस १२औं दिनमा सकिएको हो।

ठगी, किर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरका मुद्दामा ३० जनालाई प्रतिवादी कायम गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा प्रतिवादीहरूले बढी संख्यामा कानुन व्यवसायी राख्दा तथा बहस लामो गर्दा समय लागेको हो।

आज प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएसँगै अब भोलि शुक्रबार खाजा समयअघिसम्म जवाफी बहस सकाउन इजलासले समय दिएको छ। झन्डै २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै दायर भएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुनुवाइ भइरहेको छ।