‘वान एक्स बेट’मा पक्राउ परेका कलाकारलाई ४ दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । प्रहरीले गैरकानुनी रुपमा जुवा (वान एक्स बेट) खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका ८ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। गैरकानुनी रुपमा अनलाइन जुवा खेलाइरहेको उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई समेत पक्राउ गरेको हो।

पक्राउ पर्ने कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन्।

उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप प्रहरीले लगाएको छ। प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।