मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका—१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल सोही नगरपालिका–३ बस्ने मकवानपुर थाहा नगरपालिका–५ घर भएकी २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।