टोपबहादुर र खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।


न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश गर्दै दुई जनालाई धरौटीमा छोडेका छन् भने अरु १६ जनालाई थुनामा पठाएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशले पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत १६ जनालाई थुनामा पठाएको छ।