काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारको छानबिनका क्रममा उनले साढे ३ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।
उनको ३ करोडभन्दा बढी सम्पतिको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले सो बराबरको रकम बिगो कायम गरी मुद्दा दायर भएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।