काठमाडौं । सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित सडकमा प्रदेश नं ३–०१०२२ च ५१२६ नम्बरको बोलेरो जिप कर्णाली नदीमा खसेर दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा बटेश्वर गाउँपालिका–५ कालिपुर बस्ने २५ वर्षीय राजेश ह्रयाङजुन तामाङ्क रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
साथै डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्ज्यानीमा सु.प.प्र.०१–००१ क १६८३ नम्बरको जेसीबी सडकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ बस्ने २७ वर्षीय कमल बोहरा रहेका छन् । सडकबाट करिब ३५ मिटर तल कपसे खोलामा खसेर दुर्घटना हुँदा सोमबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।