ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दियो पोस्ट  

रूकुम(पश्चिम) । रूकुम(पश्चिम)को आठबिसकोट नगरपालिका–११ स्थित सडकमा रा.१ त ३९११ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय उत्तम कामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल आठबिसकोट हुँदै मिसन अस्पताल चौरजहारीमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।