करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–२२ धुनमुनीस्थित घरको छत ढलान गर्ने क्रममा भाइब्रेचर मेसिन चलाउँदा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको धनगढीमाई नगरपालिका–५ बस्ने ४० वर्षीय शिवनारायण कामैत रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

साथै कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ कुस्मा बस्ने ३१ वर्षीया सुस्मा जिसिको आफ्नै घरमा रहेको पानीको कलमा जडित मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।