उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत पुगे मेयर बालेन शाह

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौंका मेयर बालेन शाह अदालत पुगेका छन् ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।