ओखलढुंगा । ओखलढुंगामा अबिरल वर्षाका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ १८ महिने छोरी कृतिका गुरुङ र १० वर्षिय बालक दिनेश गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
दिनेश गुरुङ्ग बेपत्ता भएका उनको शव भेटिएको छ । पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।
अहिले राहत तथा पुर्नस्थापनाको कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष नवराज केसी जानकारी दिए । उनका अनुसार बाढी पहिरो प्रभावित बस्ती नै स्थान्तरणको तयारी भइरहेको छ । प्रभावित स्थानीयलाई कल्पेश्वर माध्यमिक विद्यालयमा लगेर राखिएको छ । तत्काललाई गाउँपालिकाले बास, गाँस र कपासको व्यवस्था गरेको छ । उक्त प्रभावित बस्तीलाई दिर्घकालिन रुपमा व्यवस्था गर्ने गाउँपालिकाको तयारी भएकाे अध्यक्ष केसीले बताए ।