पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

डेढ करोड अवैध सम्पत्ति

दियो पोस्ट  

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनी अघिल्लो कार्यकालका सदस्यसचिव हुन्। अख्तियारले उनीविरुद्ध एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको छ। उनी कोषमा ३२ साउन ०७४ देखि ३० जेठ ०७९ सम्म सदस्यसचिव थिए। सोही अवधिमा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

अहिले जलहरी मुद्दामा अख्तियारले छानबिन गरिरहेको समयमा उनीमाथिको यस्तो आरोपलाई अर्थपूर्ण मानिएको छ ।