ललिता निवास जग्गाकाण्डका नाइके भाटभटेनीका मालिक मिनबहादुर गुरूङ पक्राउ

दियो पोस्ट  

काठमाडौं । ललिता निवास जग्गा काण्डका नाइके भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।

मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दियो।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए।

उनले ललिता निवासको कयौँ रोपनी जग्गामा नक्कली मोही खडा गरेर विक्री गरेका थिए । हाल भाटभटेनी सुपरमार्केटको स्टोर समेत सरकारी जग्गामै छ ।