ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

दियो पोस्ट  

काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको हो । शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएका श्रोतको दाबी छ । ललिता निवास जग्गा कीर्ते प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए ।