सीईओको बदमासीको चाङ्गमाथि कर्जा सुरक्षण कोष : २२ मध्ये १६ कर्मचारी विदेश भ्रमणमा !

दियो पोस्ट  

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्याकारी अधिकृत रमेश घिमिरेका कारण कोषमा मनपरी खर्च बढ्दै गएको छ । अर्थ मन्त्रालयकै खर्च कटौति तथा मितव्ययीता नीतिको विपरित उच्च ब्यवस्थापन र सञ्चालक समितिलाई समेत प्रभावमा पारी मनपरी खर्च बढ्दै गएको छ ।

गत वर्ष माघ १७ गते अर्थमन्त्रालयले सार्वजनिक संस्थानलाई जारी गरेको १४ बुँदे खर्च कटौती सम्बन्धी निर्देशिकालाई लत्याएर घिमिरेले कोषमा आर्थिक अराजकता निम्त्याएका हुन् ।
अर्थ मन्त्रायको १४ बुँदे निर्देशनको निर्देशन नं. ६ मा ‘नेपाल सरकारको प्रतिनिधित्व गरी अनिवार्य सहभागी हुने कार्यक्रम मात्र बैदेशिक भ्रमण अर्थ मन्त्रायको स्वीकृतिमा गर्नु पर्ने″ भनिएको छ ।
तर कोषमा भने घिमिरेले कर्मचारीलाई विदेश घुमाएर मस्ती गराइरहेका छन् । कोष भित्र जम्मा २२ कर्मचारी मध्ये १६ जना विदेश भ्रमणमा जाने आउने गरिरहेका छन् ।
जसमा तात्कालिन समितिका अध्यक्ष, सञ्चालक उपेन्द्र कुमार पौडेल, अर्थ मन्त्रालयकी अधिकृत अनिता शर्मा , सिइओ रमेश घिमिरे, डिसिइओ उषा पौडेल गरी ५ जना दक्षिण कोरिया पुगेर आएका थिए । घिमिरेले कोरियामा सरकारी खर्चमा आफ्नी श्रीमतीलाई समेत घुमाएको भन्दै त्यतिबेबला नै चर्को आलोचना भएको थियो ।
त्यस्तै प्रबन्धक विक्रान्त आचार्य , नायव प्रबन्धक विष्णु मणि अधिकारी , अधिकृत रुची श्रेष्ठ गरी ३ जना मलेसिया , भारत लगायत ३ वटा मुलुक घुमेर आएका छन् । अधिकृत सिर्जना गौतम , सहायक अधिकृत प्रजनी पौडेल , अधिकृत राम बहादुर के.सी. गरी ३ जना इटाली लगायत ३ युरोपियन मुलुक घुमेर आएका छन्
विक्रान्त आचार्य र अधिकृत विदुर पराजुली गरी २ जना सरकारी खर्चमा मंगोलिया घुमेर आएका छन् । डिसिओ पौडेल , नायव प्रबन्धक मन्दिरा थपलिया, सिर्जना गौतम , प्रजनी पौडेल, राम बहादुर के.सी. गरी ५ जनाको इन्डोनेसिया भ्रमण स्वीकृत भैसकेको छ । यसरी हेर्दा २२ जना अधिकृत तहका कर्मचारी कार्यरत रहेको कोषमा यहि आर्थिक बर्षमा १६ जनाले विदेश भ्रमण गरेका छन् । घिमिरेले कोषलाई साँच्चै वित्तिय सुरक्षणको गतिविधिमा भन्दा पनि कर्मचारीलाई विदेश भ्रमणको भिषा लगाउने थलो बनाउँदै आएका छन् । सरकारले घोषणा गरेको बजेटको बुदा नं. ४८ लाई खिल्ली उडाँउदै आगामी सेप्टेम्वरमा जम्बो टोली लिएर सीईओ घिमिरे आफै मंगोलिया जाँदैछन् ।सोही अनुसार बजेट पास गराउन उनी लागि परेका छन् । यी सबै भ्रमण सिइओले आफ्नो मनपरी विरुद्ध कर्मचारीहरुको विरोध नहोस भन्ने ध्येयले कर्मचारीहरुलाई खुसी पार्न गरेको कोष भित्रैका एक कर्मचारी बताउँछन् ।
यता सरकारको सबै प्रकारका गोष्ठि सेमिनार र कार्याशाला नगर्ने भन्ने नीति विपरित कोषको असोज ४ गते कोषको स्थापना दिवस धुमधमाका साथ मनाउने गरी अहिले नै पाँचटारे होटल बुक गरिएको छ । देश आर्थिक अभावले टाट पल्टिएको बेला करोडौ खर्च गरेर सन् २०२४ को एसिक सम्मेलनले झनै विवादमा ल्याउँदैछ । नेपाल सरकारले एक चीन नितिमा प्रतिबद्धता जनाएपनि कोषले गर्ने उक्त कार्यक्रम एक चीन निति विरुद्ध मिसाइल हुने बताइन्छ । किन भने चीनको आन्तरिक मामिलामा अमेरिका छिराउने ताइवान समेत यो सम्मेलनमा एउटा छुट्टै मुलुकको रुपमा सहभागी हुँदैछ । सीईओ घिमिरेले नाताले निजको ज्वाइ पर्ने प्रशासन प्रमुख अच्युत पन्तलाई प्रयोग गरी पैसा कमाउनु मात्र यो कार्यक्रमको आयोजना गर्न लागेको कोष भित्रै चर्चा छ ।
यी त कोषमा सिइओ घिमिरेका प्रतिनिधि बदमासी मात्र हुन यी बाहेक कार्यालयमा आफ्नो अनुकुल राजनीति आस्था राख्ने यस म्यानलाई मात्र केन्द्रीय कार्यालयमा राखी अरुलाई बाहिर सरुवा गर्ने गरिएको छ ।
विभागीय प्रमुखका लागि योग्य सिनियर कर्मचारी हुँदा हुँदै जुनियरलाई महत्वपूर्ण विभागको विभागीय प्रमुखको जिम्मेवारी दिने काम भएको छ । आफु सहित विभागीय प्रमखहरुलाई थ्री स्टार होटलमा हरेक हप्ता जस्तो मदिरा पार्टी गराइने गरिएको छ । आफु अनुकुल निर्णय गराउन विभागीय प्रमुखलाई रिसोर्टमा बास राख्ने समेत गरेर गलत परम्पराको थालनी भएको छ ।