हेटौँडामा बस दुर्घटना हुँदा ४९ जना घाइते

दियो पोस्ट  

मकवापुर । हेटौँडामा बस दुर्घटना हुँदा ४९ जना घाइते भएको छन्। मकवापुरको हेटौंडा उपमहानगरपालिका–११ पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस अनियन्त्रित सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटना हुँदा ४९ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मध्ये १० जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेको प्रहरीले जनाएको छ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको उनले बताए ।