काठमाडौं, २० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । पार्टी कार्यक्रमको शिलशिलामा दोलखाको जिरिमा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको राजिनामा मागेका हुन् ।
गृहमन्त्री शक्ति बस्नेतले सिडिओ सरुवामा मनोमानि गरेको भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतको राजिनामा मागेका थिए । ५१ सिडिओको सरुवाको विषयमा विवादभएपछि गृहमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध समेत चिसिएको छ । ‘केपी ओलीले गृहमन्त्रीको राजिनामा माग्ने हैसियत कहाँबाट पाए ?’ उनले अगाडि लेखेका छन्, ‘केपी एकलौटी सरकार एमालेकरण गर्ने सिडियो सरुवाको विषयमा शक्ति बस्नेतको राजिनामा माग्ने ?’
उनले यस्तो लेखेका छन् ।