७९ प्रतिशत घटना चिनजानबाट, ६ प्रतिशत घरभित्रै
काठमाडौं, जेठ २१ । प्रहरीले तयार गरेको एक तथ्यांकले नेपाली महिला घरभित्रकै सदस्य र चिनजानका आफन्तहरूबाटै असुरक्षित रहेको देखाएको छ । प्रहरीले चालू आर्थिक वर्षका घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिहरूबाटै हुने गरेको देखाएको हो ।
तथ्यांकले हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, आमा र छोराबीच नै करणीका घटना भएको देखाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म र संस्कृतिमाथिको प्रहार, यौनसम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको बताए ।
‘सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म तथा संस्कृतिमाथिको प्रहार, यौनसम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको हो,’ प्रवक्ता पोखरेलले राजधानीसँग भने । समाजशास्त्री बिन्दु पोखरेलले भने विगतदेखि नै महिलामाथि हुने गरेको थिचोमिचो र अन्यायका कारण यस्ता घटना हुने गरेको बताइन् ।
‘महिलामाथि हुने हिंसा र दमनका कारण यस्ता घटना हुने गरेका छन । यस्ता घटना विगतदेखि नै हुँदै आएका छन । अहिले सञ्चार माध्यमका कारण बाहिर आउन थाले,’ समाजशास्त्री पोखरेलले भनिन् ।
उनका अनुसार महिलालाई दोस्रो दर्जाको नागरिक सम्झने संस्कार, सम्पत्तिमाथि वञ्चित गर्ने संस्कृति, महिलालाई नै सम्पत्ति सोच्ने संस्कार, शिक्षा र पहुँचमा अन्याय आदिका कारण महिलाहरू असुरक्षित हुने गरेका हुन् ।
प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५÷७६ को चैतसम्ममा भएका १ हजार ८७७ वटा जबर्जस्ती करणीका घटनामा ७६१ घटना चिनजानका व्यक्तिहरूबाटै भएको देखाएको छ । यसैगरी, छिमेकीबाट ५०२ वटा करणीका घटना भएको देखाएको छ भने अपरिचित व्यक्तिहरूबाट ३८९ वटा करणीका घटना भएको तथ्यांक छ ।
नागरिक सम्झने संस्कार, सम्पत्तिमाथि वञ्चित गर्ने संस्कृति, महिलालाई नै सम्पत्ति सोच्ने संस्कार, शिक्षा र पहुँचमा अन्याय आदिका कारण महिलाहरू असुरक्षित हुने गरेका हुन् ।
प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५÷७६ को चैतसम्ममा भएका १ हजार ८७७ वटा जबर्जस्ती करणीका घटनामा ७६१ घटना चिनजानका व्यक्तिहरूबाटै भएको देखाएको छ ।
यसैगरी, छिमेकीबाट ५०२ वटा करणीका घटना भएको देखाएको छ भने अपरिचित व्यक्तिहरूबाट ३८९ वटा करणीका घटना भएको तथ्यांक छ ।
सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म तथा संस्कृतिमाथिको प्रहार, यौनसम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको हो
विश्वराज पोखरेल
डीआईजी एवं प्रवक्ता, नेपाल प्रहरी
महिलामाथि हुने हिंसा र दमनका कारण यस्ता घटना हुने गरेका छन् । यस्ता घटना विगतदेखि नै हुँदै आएका छन् । अहिले सञ्चार माध्यमका कारण बाहिर आउन थाले
बिन्दु पोखरेल
समाजशास्त्री
तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीनवटा घटना हजुरबुबाको संलग्नताबाट भएको पाइएको छ । यस्तै, ३९ वटा घटनामा बुबा÷झड्केलो बुबाको संलग्नता रहेको देखिएको छ भने नौवटा घटनामा ससुराको संलग्नता देखिएको छ ।
यसैगरी, आमा र छोराबीच समेत चालू आर्थिक वर्षमा तीनवटा करणीका घटना भएका छन् भने काका, मामा र ठूलो बुबाबाट १९ वटा करणीका घटना भएको प्रहरीको तथ्यांक छ । यस्तै, दाजुभाइ, काका र ठूलो बुबाको छोरा तथा मामाका छोराबाट १४ वटा करणीको घटना भएको छ भने देवर जेठाजुबाट समेत आठवटा करणीका घटना भएको देखिएको छ ।
जबर्जस्ती करणीका घटनामा आफ्नै श्रीमान्को समेत संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको चैतसम्ममा १८ वटा करणीका घटनामा श्रीमान्को संलग्नता रहेको पाइएको हो । घरमा डेरा गरी बसेकाहरूसमेत घरबेटीबाट असुरक्षित रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षमा दुईवटा करणीका घटना घर मालिकबाट भएको तथ्यांकले देखाएको हो ।
यस्तै, ८७ वटा घटनामा केटा साथीको संलग्नता रहेको पाइएको छ भने भिनाजुबाट दुई, शिक्षकबाट १०, सम्बन्ध विच्छेद भएका श्रीमान्बाट १० र पहिचान नखुलेका व्यक्तिबाट एउटा जबर्जस्ती करणीका घटना भएको प्रहरीको तथ्यांकले देखाएको हो । प्रहरीको समग्र तथ्यांकले ६ प्रतिशत घटना घरभित्रकै सदस्यहरूबाट भएको भनेको छ भने धेरैजसो घटनामा चिनजानका व्यक्तिहरूको संलग्नता रहेको देखाएको छ । राजधानी दैनिकबाट