दियोपोस्ट संवाददाता
चितवन, २२ जेठ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेद्वारा स्थापित धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माण थालिएको रंगशालाको पक्षमा नाराबाजी भएको छ ।

भरतपुर महानगरपालिकाका स्थानिय जनताले धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला र कलाकारद्वयको पक्षमा नाराबाजी गरेका हुन् ।

उनीहरुले ‘धुर्मु सुन्तली आउनैपर्छ, रंगाशाला बन्नै पर्छ भन्दै नाराबाजी गरेका हुन् ।
चितवनमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पछिल्लो समय विवादमा तानिएको थियो । सिताराम कट्टेल धुर्मुसले स्थानियबासीलाई विस्तापित गर्ने गरी काम थालेको भन्दै स्थानियबासी आन्दोलित समेत भएका थिए ।

लामो विवादपछि स्थानियबासीले रंगशाला स्थलमा डोजर चलाइदिएका थिए । डोजर चलाएको आरोप लगाउँदै स्थानिय प्रकाश कँडेल पक्राउ परेका थिए । पक्राउ परेको केही दिनपछि स्थानियबासी र फाउन्डेशनबीच पुन सहमति भएको थियो । सहमतिपछि स्थानियबासी समर्थनमा नाराबाजी गर्न पुगेका छन् ।
नाराबाजीकाे भिडियाे हेर्नुहाेस्