सिरिञ्ज आक्रमण झुठ: ढलान किलाले घोचेको खुलासा, यसो भन्छन आक्रमणकारी !

दियो पोस्ट  

काठमाडौँ, असार १३ । उपत्यकामा युवतीहरुमाथि भएको भनिएको सिरिञ्ज आक्रमण झुठ सावित भएको छ । गएराति महानगरिय प्रहरी परिसरले पक्राउ गरेको आक्रमणकारीले वयानको क्रममा आफुले सिरिञ्जले नभई ढलान किलाले घोचेको बताएका छन् ।

विहीबार राति पक्राउ परेका आक्रमणकारी काठमाडौँको नैकाप बस्ने र महाराजगंजमा रेष्टुरेन्ट चलाउँदै आएका ३० बर्षीय रोशन कार्की रहेका छन् । उपत्यकामा युवतीमाथि श्रंखलावद्ध रुपमा तिखो बस्तुले आक्रमण गरेर भाग्ने गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । उनलाई शुक्रबार महानगरिय प्रहरी परिसरको कार्यलय टेकुमा सार्वजनिक गरिएको छ ।

अभियुक्त कार्कीले रमाइलोको लागि मात्र तिखो बस्तुले घोच्दै हिडेको बताएका छन् । बाटोमा एक्लो युवती हिँडेको देख्नासाथ मोटरसाइकबाट नजिकै जाने र तिखो बस्तुले घोचेर फरार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणको लागि कार्कीले प्रयोग गर्ने बा ४७ प १३३१ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको अनुसन्धानबाट उनि पाँच बर्ष साउदी अरब बसेर आएको खुलेको छ । अनुसन्धानमा खटिएका प्रहरीले उनिमा मानसिक समस्या हुनसक्ने समेत शंका गर्दै थप अनुसन्धान भइरहेको बताएको छ ।

आक्रमणकारीको वयान

२०६० सालमा एसएलसी पास गरेर काठमाडौँ आएँ । ताहाचलस्थित काठमाडौँ क्याम्पसमा भर्ना भए तर अध्ययन अगाडी बढ्न सकेन । गोदावरीमा भएको होटल भ्यू भृकुटीमा काम गर्न थाले । त्यहाँ वेटरको रुपमा ६÷७ बर्ष काम गरेपछि विदेश जान मन लाग्यो । २०६८ सालमा साउदी अरब हानिएँ । साउदी अरबको एक बर्गर हाउसमा काम गरेँ । त्यहाँ ५ बर्षसम्म बसेँ र २०७४ सालमा नेपाल फर्किएँ ।

एकजना दाजु पर्ने संग मिलेर महाराजगंजमा गोल्डेन क्याफे किनेँ । हाल मेरो दुई छोरा छन् । एउटा १० बर्ष र अर्को १७ महिनाको । मैले साउदी हुँदा नै सिरिञ्ज आक्रमणबारे पढेको थिएँ । मलाई खुब रमाइलो लाग्यो । क्याफे बन्द गरेर घर फर्कँदा बाटोमा महिलाहरु एक्लै हिँडिरहेको देख्थेँ । मलाई अचानक महिलाहरुलाई घोच्ने विचार आयो ।

घर फर्कँदा काठका तीखा टुक्राहरु बोकेर हिँड्न थालेँ । एकजना, दुईजना हुँदै धेरैलाई लगाएँ । विस्तारै बानी पर्यो । रमाइलो पनि लागिरहेको थियो । शुरुशुरुमा त यतिधेरै चर्चा होला भन्ने सोचेको पनि थिइनँ । सामान्य नै लागिरहेको थियोे । रातिराति घोच्ने र भाग्ने गर्दथेँ । कसैले चिन्दैन भन्ने सोच पनि बनाएको थियो । तर समाचारमा घटनाको विषयमा आउन थालेपछि भने आफुलाई निकै डर लाग्यो र त्यस्तो क्रियाकलाप पनि छोडेँ ।

सिफारिस