नयाँ बजेट विवादमा : प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारलाई नुनको कालोधन्दा चलाउने बाटो खुला !

नयाँ बजेट विवादमा : प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारलाई नुनको कालोधन्दा चलाउने बाटो खुला !

काठमाडौँ, १८ जेठ । सरकारले नुनको अवैध कालोबजारी गर्दै आएको गिरोहलाई आयोडिन युक्त नुनको कारोबार गर्ने बाटो खुला गरेको छ । नुनको कालोबजारी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक आर्थिक सल्लाहाकार मोतिलाल दुगडको कारोबारलाई बैध बनाउन नीति नै बनाएको हो ।

सरकारको समेत शेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अनुदानमा आयोडिनयुक्त नुन विक्री गर्दै आएको छ । साल्ट ट्रेडिङले ल्याएको नुन दुगडको स्वामित्व रहेको दुगड स्पाइसेस एण्ड फूड प्रडक्टले भाटभटेनी लगायत सपुरमार्केटमा अवैध रुपमा विक्री गर्दै आएको छ ।


अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत दुगडको धन्दालाई सम्बोधन गरेका हुन् ।

‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेट भाषणमा उनले भने ।


अनुमति बिनै आयो नुनको अवैध कारोबारमा मुछिएका दुगड यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । उनी मन्त्री रहेकै बेला राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रमाणसहित प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी गरेको थियो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान गर्ने क्रममा समेत दुगडले अवैध रुपमा नुनको कारोबार गरेको फेला परेको थियो ।

तर, तालुकदार निकायकै राज्यमन्त्री रहेका कारण उनीमाथि कारबाही हुनु त परको कुरा छानबीन समेत चलेन । मन्त्रीबाट हटेका दुगडलाई प्रधानमन्त्रीले सोही अभियोगमा हटाएको हो की भन्ने आशंका समेत चर्चामा थियो । तर, प्रधानमन्त्रीले उनलाई कारबाही होइन आफ्नो आर्थिक सल्लाहाकार बनाएर पुरस्कृत गरेका थिए । हाल उनी ओलीकै आर्थिक सल्लाहाकारमा छन् । प्रधानमन्त्री निकट भएकै कारण अर्थमन्त्री पौडेललले उनै दुगडलाई फाइदा हुने नीति ल्याएर सहयोग गरेका छन् ।


विज्ञहरुका अनुसार सरकारले गरेको यो विवादास्पद निर्णयका कारण अब नुनमा समेत कालोबजारी हुने र मुल्य बढ्ने छ । हाल साल्टले तराईमा शक्ति नुन प्रतिप्याकेट १५ रुपैयाँ, पहाडमा भानु नुन प्रतिप्याकेट ९ रुपैयाँ र काठमाडौंमा आयो नुन २० रुपैयाँ (डिलर मूल्य) मा बिक्री गदैं आएको छ । काठमाडौंको उपभोक्ताले प्रतिकिलो करिब २२ मा आयो नुन रुपैयाँ खरिद गर्छन् । उपत्यका, पोखरालगायत केही ठाउँमा रहेका साल्टका बिक्री केन्द्रबाट बेच्दा प्रतिकेजी ३ रुपैयाँ नोक्सानी रहेको साल्ट ट्रेडिङले जनाएको छ ।


नेकपा एमाले ‘ओली समुह’लाई थापाथलीमा भव्य महल निशुल्क उपलब्ध गराएका दुगड विवादास्पद व्यापारी हुन् । उनले ९५ प्रतिशत नेपालीको घरमा पहुँचमा रहेको आयो नुनमा नजर लगाएका थिए । ओली सरकारले अब नीति नै बनाएर दुगडलाई पोस्ने काम गरेको छ ।

Trending News