भारतीय दूतावासको ‘खास मान्छे’ ओली सरकारको नयाँ मन्त्री : दूतावासकै गाडी र छात्रबृत्ति !

भारतीय दूतावासको ‘खास मान्छे’ ओली सरकारको नयाँ मन्त्री : दूतावासकै गाडी र छात्रबृत्ति !

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । उनले राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर र राजेन्द्र महतो समुहका ८ जना व्यक्तिलाई मन्त्री नियुक्त गरेका छन् ।

केही मन्त्रीहरु फेरबदल गरेका छन् । प्रधानमन्त्री ओली भारतको समर्थनमा प्रधानमन्त्रीमा टिकी रहेको भन्दै भारतीय बुद्धिजिवीहरुले प्रश्न उठाउँछन् । तराइ क्षेत्रको चुरे दोहन गरेर भारतीय बजारमा बेचविखन गरेर तराईलाई मरुभूमिकरण गर्न बजेट नै ल्याएका ओलीले मन्त्रिमण्डलमा समेत विवादास्पद व्यक्तिलाई सपथ खुवाएको छ ।

राजपाबाट मन्त्री बनेकी महिला तथा बालबालीका मन्त्री चन्दा चौधरी ‘भारतीय दूतावाससँग विवादास्पद उठबस भएकी’ पात्र हुन् । निवर्तमान सांसद चाधरीको नाममा भारतीय दूतावासले छात्रवृत्ति कार्यक्रम नै राखेको थियो । नेपालको सांसदका नाममा भारतीय दूतावासले छात्रवृत्ति नै राख्नुले उनी दुतावासको खास मान्छे रहेको चर्चा थियो ।


गत वर्ष चैत्र २८ मा दियोपोस्ट डटकमले उनको नाममा राखिएको छात्रबृत्ति कार्यक्रमबारे लामो रिपोर्ट प्रकाशन गरेको थियो ।
चौधरीको नाममा महोत्तरीको पिपरा गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा इन्डो नेपाल महिला समाजमार्फत सांसद चौधरीको सिफारिसमा छात्रवृति दिइने गरी सूचना नै निकािलएको थियो ।

ब्याचलर र मास्टर डिग्रीको छात्रवृतिका लागि गाउँपालिकाले सुचना निकाल्दै सांसद चौधरीको सिफारिसमा दिने उल्लेख गरेपछि त्यहाँका जनताले समाजकि संजालमा भारतीय दूतावासलाई जोडेर विभिन्न टिका टिप्पणी गरेका थिए ।

सांसद चौधरीलाई दूतावासबै बजेटबाट स्कोरपिओ गाडी नै उपलब्ध गराइएको छ । उनलाई विभिन्न कार्यक्रमको लागि ५ देखि १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको स्रोतको भनाइ छ ।

केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ नेपाल भ्रमणमा आएको बेला सांसद चौधरीले विशेष भूमिका खेलेकी थिइन् ।

उनै चौधरीलाई कुनै समय राष्ट्रवादको नायकको फर्जी छवी बनाएका प्रधानमन्त्री ओलीले आफ्नो सरकारमा सामेल गराएका हुन् ।

Trending News