पशुलाई खोप लगाउन गएका भेटेनरी डाक्टर दलित भन्दै खोरबाट निकालिए !

पशुलाई खोप लगाउन गएका  भेटेनरी डाक्टर दलित भन्दै खोरबाट निकालिए !

दियोपोस्ट संवाददाता


गोरखा, ८ असार । गोरखाको भिमसेन थापा गाउँपालिका ७ की प्रिति गैरे भिजेटिए छिन् ।


असार ५ गतेदेखि गोरखा पशु विज्ञ केन्द्रले शहिद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा पुन खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

भिमसेन थापाको वडा नम्बर सात र ८ मा पशुलाई खोप लगाउन उनीहरु तीन तीन जनाको दरमा बाढिए ।
प्रितीसँगै लक्ष्मण श्रेष्ठ र विशाल सिर्मल समुहमा थिए ।

७ गते हिजो ७ गते सोमबार खोप लगाउँदै प्रिति सहितको समुह वडा नम्बर ७ झप्रीमा पुग्यो ।


विहान ९ बजेर १० मिनेट गएको थियो । उनीहरु मिरा पौड्यालको घरमा पुगे । पौड्यालसँग भयो ।


यसअघि पशु गणना लिन पनि प्रिति नै गएकी थिइन् । प्रितिको घर नजिकै थियो मिराको घर । तैपति मिराले सोधिन् ‘तिमी मिना गैरेको छोरी है ।
प्रितिले हो भन्ने जवाफ दिइन् ।


यत्तिकैमा भ्याक्सिन लगाउने कुरा भो । मिराको घरमा त्यहाँ १२ वटा बाख्रा थिए । एउटा गाइ थियो । तर, भर्खर ब्याएको हुनाले खोप नलगाउन मिराको सल्लाहा थियो ।

लक्ष्मण श्रेष्ठले गाइ भैँसीलाई लगाउँथे । उनी माथिल्लो घरमा गाई भैँसीलाई खोप लगाउन गए । यता प्रितीले मिराको घरमा बाख्रालाई खोप लगाउँने तयारी थालिन । विशालले कागजात तयार पार्न थाले ।


मिराले बाख्रा फुकाइदिउँकी भनिन् । तर, भिजेटिए प्रितिले खोरमै सजिलो हुने जवाफ दिइन् ।
एउटा बाख्राले खोरबाट मन्टो निकालेको थियो ।

प्रितिले बाहिरैबाट भ्याक्सिन लगाइदिइन् ।


खोर भित्रका अन्य बाख्रालाई खोप लगाउन उनी खोर भित्र छिरिन् ।

अर्को बाख्रालाई भ्याक्सिन लगाइदिइन् । एक एक एमएल ।

प्रिति गैरे


यत्तिकैमा मिरा अर्थात घरबेटी खोरमा दौडेर आइन् र भनिन्, ‘तिमी त सार्कीको छोरी हाम्रो खोरमा पस्नु हुँदैन । तिमी तल्लो जातको मान्छे । हाम्रो यहाँ गाइ छ ।’


मिराले यसो भनेपछि भिजेटिए प्रिति अमिलो मन गर्दै बाहिर निस्किइन् । ‘य खोरमा पस्न हुँदैन ठिकै छ नी त भनेर म बाहिर निस्किएँ । उहाँले बाख्रा फुकाइदिनुभो । मेरो मनमा चिसो फिल भो । हामीले यति पढ्यौँ । तर हाम्रो पेसामा अपमान फिल भो,’ घटना विवरण सुनाउँदै प्रितिले दियोपोस्टसँग भनिन्, ‘मैले भाईलाई भाई हामी गोठमा छिर्न हुन्न रे । उसो भने छोड्दिनु भन्नुभो । हामी निस्कियौँ ।’

भिजेटिए प्रितिलाई हिजो भएको यो घटनाले अनिदो बनाएको छ । उनीसँगै गएका विशालले प्रश्न गरे,‘हामीले गोठमा छिर्न किन नहुने ?’
जवाफमा माथिल्लो ‘घरकी आन्टी’ले ‘घरमा कुलपुजा हुन्न गोठमा हुन्छ’ भन्दै विभेद गरेको प्रितिले बताइन् ।


यो टोलमा आउनु अघि प्रितिको समुहले अन्य व्यक्तिको घरमा पनि यस्तै गरि खोप लगाउँदै हिँडेको थियो । तर, त्यहाँ कतै विभेद नभएको उनले बताइन् । ‘आज तपाईंको टोलमा आएका छौँ । हिजो हामी वडा नम्बर ७ को सबै बाहुन टोलमा गएर आयौँ । त्यत्रो झरी पर्यो आउ बस चिया खाउ । कोठामै बस भन्नेपनि निस्किए,’ प्रितिले सुनाइन्,‘तर आज तपाईंले गोठमा पनि छिर्न दिनुभएन । त्यति भनेर हामी पल्लो घरमा गयौँ । बहस गरेनौँ ।’


जातिय विभेदको घटना भएको महशुस भएपनि प्रिति र विशालले बोर्लाङस्थित प्रहरी चौकीमा जाहेरी समेत दिएका छन् । तर प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा वडामै मिल्न दबाव दिएको पाइएको छ ।


‘हामीले जातिय विभेदको जाहेरी प्रहरी कार्यालयमा दियौँ । तर, प्रहरीले वडामै मिलाउनु भन्दै मुद्दा दर्ता समेत गरेन,’ प्रितिले दियोपोस्टसँग भनिन्,‘वडामै मिल्नु भन्ने दबाव छ । छलफल गरेर मिलाउँ भन्नुभएको
छ ।’

Trending News