हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो

दियो पोस्ट  

काठमाडौँ,। सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढुवाँनी गर्न थालिएपछि मुल्य सस्तिएको हो ।

निर्माण व्यवसायी सरोज रावतले हवाई मार्गबाट ढुवाँनी भएर आउने सिमेन्ट भन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवाँनी भएर आउने सिमेन्टको मुल्य ६१ प्रतिशत मुल्य सस्तो पर्ने गरेको बताउनुुभयो । उहाँले यसरी पैदल मार्गबाट जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला हुँदै दुल्ली कुनासम्म गाडीमा आउने सिमेन्ट त्यसयता खच्चडमा ढुवाँनी गरेर ल्याएको सिमेन्टको मुल्य प्रति बोरा तीन हजार सात सय पर्ने गरेको बताउनुुभयो । जब कि नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आउने सिमेन्टको मुल्य प्रति बोरा छ हजार रुपियाँ पर्ने गर्छ ।

उहाँले मुल्य सस्तो पर्ने भएपछि अधिकाँस निर्माण ब्यवसायीले पैदल मार्गबाटै ढुवाँनी भएर आउने सिमेन्ट खरिद गर्ने गरेको बताउनुुभयो । यसअघि दुल्ली कुना र लालीबगरमा सडक निर्माण कार्य भई रहेकोले बाटो नहुँदा खच्चडबाट ढुवाँनी हुन सकेको थिएन । अहिले बाटो खच्चड हिड्ने बैकल्पिक बाटो निर्माण गरेर सिमेन्ट लगाएतका सामाग्री ढुवाँनी हुन सूरु भएको हो ।

सिमेन्टको मुल्य सस्तिएसँगै बिकास निर्माणका काम र ब्यक्तिगत रुपमा गरिने बिकासे कामको लागत पनि सस्तो भएको छ । निर्माण ब्यवसायीले चार सय बोरासम्म पैदल मार्गबाट आएको सिमेन्ट खरिद गर्ने गरेका छन् । हाल दैनिक ८० भन्दा बढी खच्चडले सिमेन्ट ढुवाँनी कार्य गर्दै आएका छन् । यसबाट खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका बिकास निर्माणका कार्यहरु अगाडी बढ्ने बाटो खुलेको छ ।