काठमाडौं । नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको बलियो सुरक्षा घेराभित्र बस्दासमेत तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको स-परिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा वंश नाश हुने गरी हत्या भयो ।
अकल्पनीय रुपमा घटेको यो हत्याकाण्डको २१ वर्ष बित्यो यद्यपी यो हत्याकाण्डको यथार्थ सार्वजनिक हुन सकेको छैन । अझै यो हत्याकाण्ड रहस्यमै छ । राजदरबार हत्याकाण्ड लगत्तै गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले राजदरबारको वंश नै नास हुने गरी हत्या गरेको भन्ने प्रतिवेदन दिएको छ । समितिले आफ्नो प्रतिवेदनमा ‘आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोकमा नसालु पदार्थ सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूमाथि गोली चलाई आफूले पनि आत्महत्या गरेको’उल्लेख छ ।
यद्यपि, त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् । राज परिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको एक अन्तर्वार्तामा बताएका थिए ।
विवाह गरेको २ दिनमै अर्थात असार २७ मा माइती पक्षले प्रहरीको सहयोगमा खोसेर लगेका थिए । उक्त दिनदेखि नै पटक–पटक धम्की आउने गरेको र मृतक मिजार असार २९ गतेदेखि नै बेपत्ता भएका थिए ।
राजदरबारको अकल्पनिय घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन् । उक्त पुस्तकहरुमा दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ । तर ती विवरणमा पनि विश्वसनीय आधार भेटिदैन । दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ‘मैले देखेको दरबार’मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ।
त्यस्तै भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक‘दरबारको दुःखान्त, राजपरिवार र संहारः मैले जसरी देखेँ’ मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइएको छ । तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन्।
विभिन्न इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बिउँ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्दै आएका छन् ।