प्रचण्डलाई भेट्न खुमलटार पुगे काठमाडौंका मेयर बालेन शाह

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह खुमलटार पुगेका छन् । बालेनसँग भएको भेटको तस्विर प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

केहीदिन अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटघाटपछि विवादमा आएका उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न पुगेका थिए । त्यसपछि आज विहानै उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा पुगेका हुन् ।