काठमाडौं । भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश दीपक बर्माले एक साता लामो नेपाल भ्रमण गरेको खुलाशा भएको छ । उनले नेपाल बसाइको क्रममा रहस्यमयी भेटघाट गरेको खुलेको हो । शुक्रबार स्वदेश फर्किएका उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरादेखि उच्च राजनीतिक भेटघाट गरेको थाहा भएको हो ।
उनले पूर्वन्यायाधीश बर्माले प्रधानमन्त्री पत्नी डा. आरजु देउवादेखि माओवादी नेता लीलामणि पोख्रेलसम्मलाई भेटेका थिए । उनले प्रधानमन्त्रीकी धर्मपत्नी डा. आरजु देउवा माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता डा. शेखर कोइराला, कांग्रेस नेता मीनेन्द्र रिजाल, जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु रामकुमार साह, गोपाल पराजुली, ओमप्रकाश मिश्र तथा कानुनमन्त्री गोविन्द वन्दीसँग गोप्य भेटवार्ता गरेका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग दोहो–याएर गोप्य वार्ता गरेका थिए भने चोलेन्द्र शमशेर राणालाई निकै महत्व दिएर भेटेका थिए । उनलाई भेटेपछि मात्रै अरुसँगको भेटवार्ता सुरु गरेका थिए ।
एमालेले संसद्को अवरोध खोलेको र भारतीय पक्षले यसअघि नै सत्तारुढ गठबन्धनलाई चुच्चे नक्सा काट्न दबाब दिइरहेको अवस्थामा निलम्बित प्रधानन्यायाधीश राणामार्फत बर्माले भेटवार्ता सुरु गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
त्यसो त उनीसँग भेटेर तराई हानीएका कानुनमन्त्री गोविन्द बन्दीले यही अधिवेशनले नागरिकता विधेयक पारित गर्ने भने पनि गत २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको अस्वाभाविक अवस्था देखिनु, भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्री देउवाले पत्रकारसँग फेस नगर्नु र गठबन्धन सरकारले चुच्चे नक्साका बारेमा खासै धारणा नराख्नुले चोलेन्द्रलाई भेटेर सुरु भएको बर्माको नेपाल भ्रमणको शिलशिलालाई त्यसैसँग जोडेर हेरिएको छ ।
भारतीय सत्ताधारी बीजेपीसँग निकट पूर्वन्यायाधीश बर्मा बीजेपीको नेपालीमूलकी सांसद माला राज्य लक्ष्मी शाहलाई साथै लिएर नेपाल आएका थिए । तर काठमाडौं उत्रिएपछि सांसद शाहको खासै चलखेल देखिएन तर पूर्वन्यायाधीश बर्माचाहिँ चलखेलमा लागेको देखिएको छ । उनी २०७८ असार २८ गते संसद् पुनस्र्थापना हुनुअघि पनि नेपाल आएका थिए । नेपालका वर्तमान कानुनमन्त्री गोविन्द बन्दी भारतका पूर्वन्यायाधीश बर्माको अत्यन्त निकटको विश्वासपात्र मानिन्छन् ।