नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

दियो पोस्ट  

नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।

एआईजीमा बढुवा हुने डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह रहेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केहिदिनअघि मात्रै गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।