कपडामा लेपन लगाएर सुन तस्करी गर्ने गिरोहको ‘दुबई कनेक्सन’ : नेत्र शर्मादेखि सुर्य खनालसम्म !

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ २५, २०७९ | १२:३३:१९

काठमाडौं । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ जना व्यक्तिलाई पक्राउ गर्यो । दुबईबाट तस्करी गरेर ल्याउँदै गरेको अवैध सुनबारे सुचना पाएको प्रहरीले अनौठा तरिकाले भएको तस्करीको प्रमाण फेला पार्यो ।

भंसार छलेर अवैध रुपमा भित्र्याएको उक्त सुन तस्करहरुले आफूले लगाउने अन्डर वेयर, सर्टदेखि पाइन्टसम्म लेपन गरेर लगाएका थिए । यसरी लेपन लगाएर सुन तस्करीमा समलग्न भएकाहरु ७ जनाको तस्विरसहितको विवरण प्रहरीले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । उनीहरुले करिब ८ सय ८८ ग्राम सुन धुलो अर्थात पेस्ट बनाएर कपडामा लेपन लगाएक थिए ।

शुरुमा प्रहरीले रुपन्देही सैना मैना घर भएका सुरेश बहादुर शाही र बाणगंगा कपिलवस्तु घर भएका सन्दिपचन्द ठकुरीलाई पक्राउ गरेको थियो । रोजगारीका लागि दुबई गएका उनीहरु स्वदेश फिरेका थिए । सुन रिसिभ गर्न बसेका अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गर्यो । पक्राउ पर्नेमा युवराज भुसाल, निर्मला घलान, राहुल भन्ने बरुण भक्त माथेमा, लोप्साङ ग्याल्सेन र अमन राजपुत रहेका छन् ।

पक्राउ परेका मध्ये लोप्साङको स्थायी ठेगाना चिनको तिब्बत छेन्दु हो भने अमन राजपुतको भारतको दिल्ली कृष्णनगर हो ।

 

युवराज भुषालको घर सुनवलको नगरपालिका १० नवलवपरासी हो । उनी माछापोखरीमै बसेर दुबईबाट आउने सुन रिसिभ गर्ने गर्छन् । प्रहरी स्रोतका अनुसार यो तस्करीमो नेपाल तर्फ हेर्ने मुख्य नाइके युवराज भुषाल मुख्य योजनाकार हुन् । युएईको बरदुबईस्थित भुसाल समुहले बराही ज्वेलरी नामको पसल खोलेर नेपालमा अवैध रुपमा सुन तस्करी गर्दै आएको खुलेको छ ।

 

 

बर दुबइस्थित सुन पसल

 

दुबई कनेक्सन

बर दुबईमा संचालित बराही ज्वेलरीमा अन्य व्यक्ति पनि साझेदार रहेको खुलेको छ । पक्राउ परेका युवराजका भाई गोपीचन्द्र भुषाल, रुपन्देही घर भएका सुर्यप्रसाद खनाल र स्याङ्जा घर भएका नेत्रप्रसाद शर्मा मिलेर नेपालमा सुन तस्करीको धन्दा चलाउँदै आएको स्रोतले जनाएको छ ।

 

पक्राउ परेका युवराज भुषााल

तस्करीमा समलग्न रहेका शर्मा त यसअघि गैरआवाशिय नेपाली संघ एनआरएनएको केन्द्रीय सदस्य समेत रहेको खुलेको छ । सामाजिक सञ्जालमा समेत शर्माले आफू उक्त ज्वेलरीको डिरेक्टर रहेको बताएका छन् । तर, पक्राउ परेका भुषालले भने आफ्नो प्रोफाइल लक गरेर राखेका छन् ।

 

 

नेत्र यसअघि एआरएनए युएईको उपाध्यक्ष समेत थिए ।

दुबईबाट सुन खरिद गर्ने नेपाल पठाउने कार्यमा शर्मा सहितको समुह समलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यो गिरोहले नेपाल हुँदै भारतसम्म सुन तस्करी गर्ने गरेको प्रहरी स्रोतको भनाई छ । पक्राउ परेका राजपुतले भारतीय बजारमा सुन पुर्याउने काम गर्थे । उनी भारतको दिल्ली घर भएका व्यक्ति हुन् ।

प्रहरीले पक्राउ परेका भुसाल मार्फत दुबईसम्मको लहरो तान्ने कोशिस गरेको छ । शर्मा सहितको समुहले नेपालमा हुण्डी लगायतको अवैध धन्दा समेत चलाउँदै आएको खुलेको छ । यो विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।

 

 

सम्बन्धित खबर