काठमाडौंको रञ्जना गल्लीमा मृत अवस्थामा भेटिए एक पुरुष !

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ २५, २०७९ | १३:३१:३६

काठमाडौं । काठमाडौं महानगरपालिका २४– रञ्जना सोडा गल्लीमा एक पुरुष मृत भेटिएका छन् ।

काठमाडौं प्रहरीका अनुसार अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।

 

बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

सम्बन्धित खबर