
फाइल तस्विर
नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
मुग्लिङ–नौविसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
यस्तै मुग्लिङ(नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
पहिरो हटाउने कार्य शुरु भएपनि अहिलेसम्म सकिएको छैन । रातीदेखि सो क्षेत्रबाट यात्र गरेका यात्रु बाटोमै रोकिएका छन् ।