काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने परामर्शमा छन् । तर, लामिछाने परामर्शमा रहेकै बेला उनका दाई हरिशरण लामिछानेले भने उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समय रेडियो नेपाालमा समाचार वाचकको रुपमा रहेका लामिछानेले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ ।
“परिवर्तन सम्भव छ“ भन्ने मान्यता सहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु,’ उनले लेखेका छन्,‘सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु। बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने नै छ। तपाईहरुको सुझाब,सल्लाह र सहयोगको अपेक्षा गरेको छु। परामर्श जारी छ। हाललाइ फेसबुकबाटै सम्बाद गरौ । यो केवल मेरो रहर मात्र हैन, देशको सेवा गर्ने नयाँ अवसर, चुनौती र समयको आवश्यकता पनि हो ।’