नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा विजयी, सबै पदाधिकारीमा शेर्पा प्यानलै निर्वाचित !

दियो पोस्ट  

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी भएका छन् । शुक्रबार सम्पन्न संघको निर्वाचनमा शेर्पाको प्यानलले विजयी हासिल गरेको हो । प्राप्त मत परिणाम अनुसार शेर्पाले ७ सय २५ मत पाएका छन् । भने उनका प्रतिद्वन्दी राजेन्द्रमान श्रेष्ठले १ सय २२ मत मात्रै पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलकै ठाकुरराज पाण्डे विजयी भएका छन् । पाण्डेले ४ सय २८ मत पाएका छन् भने उनका प्रतिद्वन्दी माया शेर्पाले ४ सय २३ मत पाएकी छिन् । प्रथम उपाध्यक्षमा पनि निमा नुरु शेर्पा समुहकै आङदावा शेर्पा विजयी भएकी छिन् । उनले ४२० मत पाएकी छिन् भने उनका प्रतिद्वन्दी नुरु जाङ्बु शेर्पाले ४०४ मत पाएका छन् ।

द्वितिय उपाध्यक्षमा निमा समुहकै दावा याङजुम शेर्पा विजयी भएका छन् । महासचिवमा शेर्पा समुहकै मोहन लम्साल विजयी भएका छन् । लम्सालले ४ सय ८९ मत पाए भने उनका प्रत्यासी आङ पेम्वा शेर्पाले ३२३ मत मात्रै पाए । सचिवमा शेर्पा समुहकै धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ५ सय १२ मत पाए भन उनका प्रत्यासी शिव सापकोटाले १८५ मत मात्रै पाए । त्यस्तै कोषाध्यक्षमा पनि शेर्पा समुहकै मुक्ति पाण्डे विजयी भएका छन् । मुक्तिले ३ सय ६० मत पाए भने उनका प्रत्यासी फूरी ग्याल्जेन शेर्पाले ३ सय ९ मत पाए ।

सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङ्गी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, ङिमा डोमा शेर्पा र डोमा शेर्पा विजयी भएका छन् ।

यस्तो छ मत अन्तिम मत परिणाम