हतियारसहित पक्राउ परेका एमाले सांसद मोहन बानियाँ पुत्रको बयान : ‘माओवादीलाई तर्साउन पेस्तोल बोकेको हुँ !

दियो पोस्ट  

काठमाडौं । स्थानिय निर्वाचनका बेला पेस्तोलसहित पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँका छोरा अर्पन बानियाँ विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मुगुले जिल्ला अदालत मुगुमा हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही माग गर्दै अभियोजन गरेको हो ।

पूर्व मन्त्री समेत रहेका उनका बाबु मोहन बानियालाई भने बलात्कार गरेको अभियोग छ । उनीमाथि जिल्ला अदालतमा मुद्दा विचाराधिन छ । गत जेठ २ गते उनी पेस्तोलसहित पक्राउ परेका थिए । उनले सरकारी वकिल समक्ष उक्त हतियार आफ्नो नभई सशस्त्र युद्ध ताका माओवादी कार्यकर्ताले आफ्नो घरमा छाडेर गएको बयान दिएका छन् । त्यस्तै उक्त हतियार माओवादी विरुद्ध प्रयोग गर्ने उद्देश्यले आफूले लिएर गएको उनले बयानमा बताएका छन् ।

यस्तो छ उनको बयान