निहारिका राजपुत
म कक्षा ११ मा पढ्थेँ । एक दिन मेरो साथीले संगै बसेर पढौं न भनेपछि म उसको घरमा गएँ । मेरो साथीका दाई दिए शिवराज श्रेष्ठ । उनी मलाई मन पराउँथे । उनले मलाई पटक पटक प्रेम प्रस्ताव पनि राखेका थिए । तर, मैले स्विकार गरिनँ । साथीकोमा पुगेको दिन मलाई खानेकुरामा केही नशालु कुरा मिलाएर पिलाइयो । त्यसपछि मेरो बलात्कार भयो । मैले मेडिकल टेस्ट गरेपछि मलाई थाहा भयो म गर्भवती रहेछु । त्यसपछि मैले परिवारको इज्जत जाने डरले १५÷१६ दिन बोलिन् । तर म बच्चा फाल्ने वा चुपचाप बस्ने पक्षमा थिइन् । घरपरिवारको सहयोगको त कुरा नै न गरौं । मुस्लिम समुदायमा महिलाको स्थीति कस्तो हुन्छ । तर अरु धेरै ठाँउमा सहयोग मागेँ । महिला सेलहरुमा पनि भनेकी थिएँ । बच्चा फाल्ने सुझाव दिनुभयो तर मेलै मानिन् ।
न्याय माग्दै म प्रहरी सम्म पुगेँ । जिल्ला अदालत पनि पुगेँ तर न्याय पाइन । प्रहरीले मलाई भेस्ट र पाइन्ट लगाएको देखेर तँ नै गलत होस् भन्यो । मेरो कपडा हेरेर मलाई नै अपराधी घोषणा गरिदयो । मेरो बोल्ने कोहि पनि छैनन् तर उसको पछाडि सबै छन् । उसको फूपु प्रेम माया क्षेष्ठ हुनुहुन्छ । उनको पहलमा आरोपीलाई नै बचाइयो ।
जिल्ला अदालतले आरोपीलाई नै सफाई दिएपछि फेरि उच्च अदालत धनुषामा पुनरावेदन दिएकी छु तर ४ महिना भैसक्यो अदालतले पेसी तोकेको छैन । ३ वर्ष भै सक्यो न्यायका लागि भौंतारिरहेको छु । तर कतैबाट पनि न्याय पाइँ । त्यसपछि अहिले म आमरण अनशन बसेकी छु यही नै अन्तिम विकल्प हो जस्तो लाग्छ ।
हिजो माइतीघरमा बसेकी थिएँ । दिनभर मिडियाहरु अनि धेरै मान्छे भएर केही गरेन प्रहरीले तर रात परेपछि हामीलाई जर्बजस्ती लतारेर लग्यो । मेरो छोरालाई मबाट छुटाए । त्यसपछि छोरा रोयो । २१ महिनाको बच्चालाई रोएको भनेर २ झापड हान्यो प्रहरीले । हामीलाई प्रहरीले छाडेपछि वसन्तपुरमा आमरण अनशन बस्ने भनेर बसेको हो । मैले पानी पनि खाएको छैन । बाबुले दुध खान खोज्छ तर कमजोर भैसकेको छु । उसलाई दुध खुवाउन पनि सक्दिनँ ।
हिजो राति पनि प्रहरीले हामी माथि नराम्रो व्यवहार गर्यो ।
हाम्रो सुरक्षामा खटिएको प्रहरीलाई भनेका थियौं, “हामी भोकै छौं कमजोर छौं । एकपटक कुकुरहरुलाई लखेटदिनु बच्चा छ यहाँ त्यसैले गाह्रो हुन्छ । प्रहरीले उल्टै धमकायो, “रोडमा बस्ने रहर भएर बसेपछि हामीले किन सुरक्षा गर्ने ।
महिला आयोग, मधेसी आयोगले मलाई केही गरेको नै छैन । हिजो महिला आयोगबाट आएका थिए । फोटो खिचेर गए । यति लामो समय भैसक्यो एक्लै लडिरहेको छु ।
मदन भण्डारी फाउन्डेसन र ल्याक भन्ने संस्थाले हामी मुद्दा लड्छौं भनेको छ । मिरा ढुङगनाले पनि केस लडिदिन्छु भन्नु भएको छ ।
मलाई अनशन बस्नु भन्दा अगाडि देखि बच्चा मार्दिने धम्की पनि आइरहेको छ । म फाँसी लगाएर मर्नु भन्दा रोडमा नै मर्छु भनेर न्याय माग्दै आएको हो । म मरे पनि मेरो छोराले न्याय पाउनुपर्छ । उसलाई यो समाजले इज्जतको साथमा जिउन दिनुपर्छ ।
मेरो मागहरु
फूलमतीसँग कुराकानीमा आधारित