तस्विर : पुरुषाेत्तम ढुगाना
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थांक्रे १ खयरघारीमा २ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । काडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख नम्बरको बस र काठमाडौंबाट मनकामना तर्फ जाँदै गरेको ट्याक्सी ठोक्किएका हुन् ।
दुर्घटनमा परि ४ जना घाइते भएका छन् । घाइतेलाई गल्छिस्थित अल्बिभरोसाा अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । स्थानियका अनुसार बसले ओभरटेक गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परि बसको सामान्य क्षति भएपनि ट्याक्सी भने पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।