दियोपोस्टमा प्रकाशित त्यो समाचार जसले विध ल्याबका ‘सुब्बा’ मालिकलाई अख्तियार पुर्‍यायो !

दियो पोस्ट  

काठमाडौं । विध ल्याबका मालिक तथा पूर्व सुब्बा भिमकान्त भण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

दियोपोस्ट डटकमले भण्डारीले संचालन गरेको विध ल्याबमा शंकाष्पद लगानी रहेको र उनी पदमा रहँदा भ्रष्टाचार गरेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक पदमा रहेका बेला भण्डारीले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उनी २०७३ असोज १ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । तर, उनले विध ल्याब संचालन गरेपछि २०७७ साउन १ गते जागिर छाडेका थिए । उनको यो अवधिमा २६ लाख ६१ हजार ६ सय ३६ आर्जन मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । उनले हाल विभिन्न बैंकमा खरिद गरेको शेयर, जग्गा बापत हिसाब गर्दा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ लगानी गरेको देखिएको छ । ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँको स्रोत नखुलेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भिमकान्त भण्डारीलाई बिगो रु. ६,२४,०४,००६।४४ (छ करोड चौबीस लाख चार हजार छ रूपैयाँ चौवालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐ. ऐनको दफा ४७ बमोजिम बिगो रु.६,२४,०४,००६।४४ निजको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफत गर्न मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

विध ल्याबमा ‘शंकाष्पद’ लगानी : २८ हजार रुपैयाँ तलब खाने सुब्बाले कहाँबाट ल्याए ४० करोड !

यातयात कम्पनिलाई कोरोना परिक्षण गर्ने ल्याबको अनुमति : विध ल्याबको लाइसेन्स शंकाष्पद !