पर्यटनमा फेरी फेक रेस्क्यु धन्दा’ शुरु : उद्दार बिनै फर्जी बिल बनाएर लाखौँ डलर भुक्तानी !

दियो पोस्ट  

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा हुने ठगीधन्दा बारे दियोपोस्ट डटकमले श्रङ्खलाबद्ध समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सरकारले छानबीन समिति समेत बनाएर केहीलाई कारबाही समेत सिफारिस गरेको थियो । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले केही कम्पनिलाई कारबाहीका लागि सिफारिस गरेपनि राजश्व तिराउने बाहेक ठोस कानुनी कारबाही हुन पाएन । ठगी तथा संगठित अपराधमा कारबाही गर्नुको सट्टा सिआइबीका तत्कालिन प्रहरी नेतृत्वले उन्मुक्ति दिएपछि पर्यटन व्यावसायमा फेरी डरलाग्दो विकृति सुरु भएको पाइएको छ ।

 

सरकारी कमजोरीको फाइदा उठाउँदै केही पर्यटन व्यावसायीले फेरी फेक रेस्क्युको धन्दा थालेको पाइएको छ । दियोपोस्टलाई प्राप्त कागजात अनुसार काठमाडौंको बानेश्वरमा कार्यालय रहेको एक कम्पनिले हेलिकोप्टर मार्फत पदयात्री पर्यटक उद्दार नै नगरी फर्जी बिल बनाएर लाखौँ डलर भुक्तानी लिएको पाइएको छ ।

ट्रेकिङ कम्पनि, रेस्क्यु कम्पनि र अस्पतालको मिलेमतोमा उद्दार नै नगरिएको विभिन्न विरामीलाई नक्कली बिल बनाएर विदेशी विमा कम्पनिबाट भुक्तानी लिन थालिएको पाइएको छ ।

बानेश्वरमा कार्यालय रहेको नेपाल एसिस्टेन्स प्रा.लीले यस्तो धन्दाको नेतृत्व गरेको पाइएको छ । दियोपोस्टले लामो अनुसन्धानबाट प्राप्त गरेको कागजात अनुसार ब्राजिलका नागरिक फिलिप डियस पाइभा नाम गरेका नागरिकलाई सन् २०२२ भे ४ मा हेलिकोप्टरबाट उद्दार गरिएको भन्दै बिल बनाइएको छ । मे ६ मा उनको नाममा जारी भएको बिल अनुसार उनलाई सगरमाथा क्षेत्रबाट उद्दार गरिएको उल्लेख छ । तर, बिलमा यस्तो उल्लेख भएपनि त्यो दिन उनलाई हेलिकोप्टरमा उद्दार नै नगरिएको स्रोतको दाबी छ । सगरमाथा आधार शिविरबाट उद्दार गरिएको भनिएको उनलाई एक रात लुक्लामा होल्ड गरेर रोको उल्लेख छ । त्यसपछि काठमाडौंको नयाँ बजारस्थित एक अस्पतालमा उपचार गरिएको उल्लेख गरिएको छ । उनको उद्दारको नाममा विदेशी विमा कम्पनिबाट ११ हजार ७ सय ५४ डलर असुल गरिएको छ । जसको आजको विनिमय दर अनुसार १४ लाख ६७ हजार भन्दा बढी नेपाली रुपैयाँ हुन आउँछ ।

जबकी हामीले गृहमन्त्रालय, पर्यटन विभागलाई यसरी उद्दार भएको विदेशी नागरिकको विवरण माग गर्दा उनको उद्दार भएको जानकारी आफूहरुलाई नभएको विभाग र गृहका कर्मचारीले बताए ।

त्यस्तै अष्ट्रियाका एक नागरिकको नाममा जारी भएको अर्को बिल पनि फर्जि भएको स्रोतले जनाएको छ । मुक्तिनाथ दर्शनका लागि गएका अष्ट्रियाका माइकल लेग्ल नाम गरेका ती नागरिकले सन् २०२२ मे २२ मा हेलिकोप्टरबाट उद्दारको सेवा लिएको सोही कम्पनिद्वारा जारी बिलमा उल्लेख छ ।

युरोप एसिस्टेन्स नामक विदेशी विमा कम्पनिलाई गरिएको पत्राचारबारे उतैको कम्पनिले नै शंका गरेको पाइएको छ । उनको नाममा पनि विमा कम्पनिबाट १० हजार डलरभन्दा बढी भुक्तानीको माग गरिएको छ । तर, माइकलको उद्दार नै नगरी बिल मात्रै सेटिङमा पेश गरिएको स्रोतको दाबी छ ।

अर्का फ्रान्सका थिबाउद ल्हेर्मको नाममा जारी भएको बिल पनि शंकापद रहेको पाइएको छ । फ्रान्सकै एक विमा कम्पनिलाई पठाइएको उक्त बिलमा ति विदेशी नागरिकलाई अन्नपूर्ण क्षेत्रबाटै उद्दार गरिएको उल्लेख छ । ती नागरिकका नाममा पनि कम्पनिले ८ हजार एक सय ३० अमेरिकी डलर विमा भुक्तानीको दाबी गरेको छ ।

‘यसमा विदेशी क्लाइन्ड (पदयात्री विदेशी पर्यटक) मिलेर विरामी भएको नक्कली रिपोर्ट बनाएर ठगी गर्न खोजिएको छ,’ कम्पनि सम्बद्ध स्रोतले भन्यो,‘अत्याधिक शुल्क विमा भुक्तानी दाबी गरेर ठगी गर्न थालिएको छ ।’
ठगीधन्दाबारे उक्त कम्पनि नेपालप एसिस्टेन्स प्रा.लीको ल्याण्ड लाइनमा पटक पटक फोन गर्दा पनि फोन उठेन

सम्बन्धित खबर

ट्रेन्डिङ