काठमाडौं । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा हाम फालेका रवि लामिछानेको दाजु भाईबीच खटपट शुरु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रम मार्फत रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । तर, उनले पार्टी घोषणा गरेकै दिन दाजु भाईबीचको घर झगडा सामाजिक संजालमै छताछुल्ल भएको छ ।
रविका दाई हरिशरण लामिछानेले भाईको पार्टीमा नलाग्ने घोषणा गरेका हुन् । पार्टीले परिवारवाद नमान्ने घोषण गरेको केहीबेरमै रविका दाई हरिशरणले सामाजिक संजालमा स्ट्याटस लेखेका हुन् । उनले राजनीतिक रुपमा भाईले संचालन गरेको पार्टीमा नलाग्ने घोषणा समेत गरेका छन् ।
यस्तो छ स्ट्याटस