फलोअप : ढकालको कम्पनिले जारी गरेको ८ हजार युरोको किर्ते बिलमा उद्दार स्थल नै गलत

दियो पोस्ट  

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकको उद्दारको नाममा फर्जी बिल बनाएर अकुत विमा रकम भुक्तानी लिँदै आएका दामोदर ढकालले हदैसम्मको फर्जी गरेको पाइएको छ ।

बानेश्वरमा कार्यालय रहेको नेपाल एसिस्टेन्स प्रा.ली नामक कम्पनिका मालिक ढकालसहितको समुहले फर्जी बिल बनाई ‘ठगीधन्दा’ गर्ने गरेको पहिचान भएको थियो ।

ढकालद्वारा संचालित कम्पनिले विदेशी विमा कम्पनिलाई हचुवाको आधारमा बिल काट्ने गरेको समेत पाइएको छ ।

 

फ्रान्सका थिबाउद ल्हेर्मको नाममा जारी भएको काटेशन बिल शंकाष्पद रहेको पाइएको छ । फ्रान्सकै एक विमा कम्पनिलाई पठाइएको उक्त बिलमा ति विदेशी नागरिकलाई अन्नपूर्ण क्षेत्रबाटै उद्दार गरिएको उल्लेख छ । ती नागरिकका नाममा पनि कम्पनिले ८ हजार एक सय ३० युरो विमा भुक्तानीको दाबी गरेको छ । सन् २०२२ मे २५ मा जारी गरिएको बिलमा उक्त विदेशी नागरिकलाई फोर्त्से थांगाबाट उद्दार गरिएको उल्लेख छ । तर, उक्त क्षेत्र भने अन्नपूर्ण हिमाली क्षेत्रमा पर्ने बिलमा उल्लेख छ । जबकी फोर्थ्से थाङ्गा अन्नपूर्ण क्षेत्रमा नभई सोलुखुम्बुको खम्बु क्षेत्रमा पर्छ । यो सगरमाथाको आसपासको क्षेत्र हो ।

खम्बु क्षेत्रबाट उद्दार गरिएको भनिएको विरामीबाट झण्डै १० लाख रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ बराबर बिल भुक्तानी दाबी गरिएको छ । तर, ढकालले भने आफूले ठगी नगरेको बताए । दियोपोस्टको प्रतिनिधिसँगको भेटमा उनले उक्त प्रकरणलाई सामान्य मानवीय त्रुटीको रुपमा व्याख्या गरे । विदेशी विमा कम्पनिसँग शुरुमा कोटेशन बिल बढी हुने तर, अन्तिम बिल भने अर्को पठाउने गरेको उनको दाबी थियो ।

उनले दियोपोस्टलाई अर्को एक बिल समेत उपलब्ध गराएका छन् । उक्त उक्त भौचरसहित हेलिकोप्टर कम्पनिले जारी गरेको बिल भने छैन । उक्त बिलमा भने उनले सच्याएर फोर्त्से थांगालाई सगरमाथा क्षेत्रमा पर्ने उल्लेख गरिएको छ । त्यो बिलमा भने ३ हजार डलर मात्रै विमा रकम दाबी गरिएको छ । पदयात्री उद्दारको क्षेत्रमा लामो समय काम गरेका एक व्यावसायीका अनुसार एकै कम्पनिलाई पटक पटक बिल जारी गरिँदैन ।

ढकालको कम्पनिले शुरुमा विमा कम्पनिसँग ८ हजार १ सय ३० युरो माग गरेका छन् । तर, यस विषयमा समाचार प्रकाशित भएपछि भने उनले ३ हजार डलरको बिल दियोपोस्टलाई उपलब्ध गराएका छन् ।

यो पनि पढ्नुहोस्

पर्यटक उद्दारको ‘फर्जी’ बिल बनाएर विमा ‘ठगी गर्ने धन्दा’मा टानका सचिव ‘दामोदर ढकाल !’

 

पर्यटनमा फेरी फेक रेस्क्यु धन्दा’ शुरु : उद्दार बिनै फर्जी बिल बनाएर लाखौँ डलर भुक्तानी !

सम्बन्धित खबर