डिजिटेक र आइक्यासका मालिक सुरजलाल श्रेष्ठद्वारा कार्यालयमै गएर व्यापारीमाथि हातपात !

दियो पोस्ट  

काठमाडौं । आफूलाई डिजिटेक नामक र आइक्यास नामक डिजिटल वालेटको मालिक बताउने सुरजलाल श्रेष्ठले एक व्यक्तिमाथि हातपात तथा कुटपीट गरेका छन् । बुद्धनगरस्थित सुन चाँदी पसल संचालन गर्दै आएका संजिव विकलाई श्रेष्ठले कार्यालयमै गएर हातपात गरेका हुन् । उनले हातपात गर्दै गरेको सिसिटिभी फूटेज समेत दियोपोस्टलाई प्राप्त भएको छ ।

पीडित संजिवका अनुसार श्रेष्ठले असार मसान्तको समयमा विभिन्न नक्कली बिल उपलब्ध गराइदिन भन्दै ताकेता गर्दै आएका थिए । उनले नक्कली बिल बनाएर आफू समस्यामा पर्ने भन्दै बिल दिन अस्विकार गरेपछि कार्यालयमै आएर हातपात गरेका हुन् ।

श्रेष्ठले हातपात गरेपछि पीडित बनेका विकले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । यता हातपातमा समलग्न श्रेष्ठले भने ‘आफूहरुको घरासयसी’ मामला भन्दै पञ्छिने कोशिस गरे । दियोपोस्टले उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले पीडितले जे सुकै गरेपनि आफूलाई फरक नपर्ने बताए । केहीबेरपछि दियोपोस्टको कार्यालयमा फोन गरेर उनले बसेर सल्लाह गर्न चाहेको बताएका थिए । ‘उहाँले बाहिर गएर कुरा गरौँ भन्नु भएको थियो । तर, मैले मानिन पछि दादागिरी शैलीमा मेरो कठालोमा समातेर हातपात गर्नु भयो,’ पीडित विकले भने ।