पोखरामा सडकसहितको घर भासियो, उपमेयरद्वारा अनुगमन

diyopost.com
दियो पोस्ट  आइतबार, आषाढ १२, २०७९ | १०:२५:२९

पोखरा । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडहसहित घर भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ । घर ओढारजस्तो भएको छ ।’

 

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।

सम्बन्धित खबर