चौधरी ग्रुपले खाने तेलमा कालोबजारी गरेको भन्दै वाणिज्य विभागद्वारा छापा

दियो पोस्ट  

काठमाडौं । नेपालका एकमात्र खर्बपति एंव उद्योगी विनोद चौधरीको शेफ ब्राण्डको सनफ्लावर तेल बिक्री गर्ने गोदामहरुमा वाणिज्य विभागले छापा हानेको छ ।

आइतबार आर्थिक दैनिकमा चौधरी ग्रुपअन्तर्गतको सीजी वेल एण्ड डेरिभटिभ्सले उत्पादन गरी बिक्री गर्दै आएको तेलको प्याकेटमा मूल्य नहाली बिक्री गर्दै आएको प्रमाणसहित समाचार प्रकाशित भएपछि वाणिज्य विभागबाट खटेको टोलीले विभिन्न गोदामहरुमा छापा हानेको हो ।

वाणिज्य विभागले त्यति बेला गरेको अनुगमनको समेत विवरणहरु सार्वजनिक गरेको छैन ।

उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ (ङ) बमोजिम उद्योगीले उत्पादन गरेको कुनै पनि वस्तु तथा सेवाको उत्पादन मिति, प्रयोग गर्ने समय, त्यसले स्वास्थ्यलाई पार्ने असर, त्यसमा गरिएको मिसावट तथा त्यस वस्तुको मूल्य प्रस्ट रुपमा खुलाउनुपर्नेछ । तर आर्थिक दैनिकलाई प्राप्त चौधरी ग्रुपले बिक्री गरेको सो शेफ ब्राण्डको सनफ्लावर तेलमा मूल्य नखुलाई बिक्री गरिएको पाइएको थियो ।