कैलाली । भीभ दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा लोकेन्द्रसिंह भण्डारीमाथि आक्रमण गरेर लगेको गाडी भेटिएको छ । गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिसे अवस्थामा कार फेला परेको हो। कार सकुशल रहेको छ।
महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेका थिए
भण्डारीको हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।