काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत २ वैज्ञानिक सहित एक प्राविधिक लामो समयदेखि ‘वेपत्ता’ भएको पाइएको छ । कार्यालयमा हाजिर नभएपछि परिषदले एक दैनिक पत्रिकामा सुचना प्रकाशन गरेरै हाजिर गर्न आउन सुचित गरेको छ ।
परिषदले मंगलबार गोरखापत्र दैनिकबाट सूचना प्रकाशित गरेको हो । बिना सूचना २०७९ जेठ २ गतेदेखि अनुपस्थित रहेका तेलबाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाहीमा कार्यरत वैज्ञानिक सन्तोष रसाइली र एक व र्षअघि देखि नै सम्पर्क विहिन रहेकी गण्डकी प्रदेश कास्कीको कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत वैज्ञानिक सुनिता अधिकारी लाई कार्यालयमा हाजिर हुन सुचित गरिएको छ ।
अधिकारी गत वर्ष मंसिर २९ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको परिषदले जनाएको छ । लुम्बिनी प्रदेश बाँकेको कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत सन्तोष कलौनी ९प्रविधिक अधिकृत० पनि कार्यालयमा हाजिर भएका छैनन् । कलौनी २०७८ साउन ३२ देखि विदामा छन् । उनीहरु १५ दिन भित्र उपस्थित नभए कानुन अनुसार कारबाही गर्ने परिषदले जनाएको छ ।