फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतले पोखरा फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

यसअघिका मेयर मानबहादुर जि.सी. ले महानगरपालिकाको कार्यपालिका बैठकमा मापदण्ड घटाउने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतकै आदेशविपरित महानगरपालिकाले मापदण्ड घटाएपछि त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै अदालतले पुरानै मापदण्ड कायम रहने गरी सोमबार अन्तरिम आदेश दिएको हो ।