विप्लवको समर्थनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका पाण्डे वामदेवको पार्टीमा !

दियो पोस्ट  

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका निमकान्त पाण्डे वामदेव गौतम नेतृत्वको पार्टीमा लगेका छन् ।
सोमबार घोषणा भएको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामक दलमा पाण्डे केन्द्रीय नेतृत्वमा चयन भएका छन् । उनी पार्टी प्रवक्ताको भूमिकामा रहेको बताइन्छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानिय तहमा पाण्डेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेवारी दिएका थिए । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिन्ह दिएको थियो ।

स्थानिय तहको उपयोग गर्ने नीति लिएको विप्लव नेतृत्वको नेकपाले पाण्डेलाई समर्थन गरेको चर्चा थियो । पाण्डेको समर्थनलाई लिएर समेत विप्लव नेतृत्वको नेकपा भित्र विवाद थियो ।
विगत ४२ वर्षदेखि पत्रकारितामा संलग्न रहेका पाण्डे जनधारणा साप्ताहिकको सम्पादक छन् ।

सम्बन्धित खबर