बैंकिङ कसुरमा फरार बबिता पन्त सिआइबीद्वारा पक्राउ

दियो पोस्ट  

चितवन । वैंकिङ् कसूर मुद्दाका फरार  रहेकी बबिता पन्त पक्राउ परेकी छिन् ।  चितवनको शिवनगर–८ घर भई हाल काठमाडौंमा बस्दै आएकी उनलाई सिअाइबीले पक्राउ गरेकाे हाे ।

उनी विरुद्द उच्च अदालत पाटनले २०७१ माघ २९  गते वैंकिङ् कसूर मुद्दामा कसूरदार ठहर गरेको थियो ।

उनी जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिएको आरोपमा प्रक्राउ परेकी हुन् । पौडेललाई वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम एक महिना कैद र दश लाख रुपैंया जरिवाना हुने छ । उनी मंगलबार (हिजो) काठमाडौंको सिनामंगलबाट पक्राउ परेकी हुन् ।