गुणस्तरहिन काम गरेको भन्दै ७ ठेकेदार कम्पनिलाई कालिका नगरपालिकाद्वारा कारबाही !

दियो पोस्ट  

चितवन । चितवनको कालिका नगरपालिकाले गुणस्तरहिन काम गरेको भन्दै आधा दर्जनभन्दा बढी निर्माण कम्पनिलाई कारबाही गरेको छ ।
ठेकेदार कम्पनिहरुले सम्झौता अनुसार काम नगरेको भन्दै नगरपालिकाले कारबाहीको सुचना सार्वजनिक गरेको हो ।

सम्झौता अनुसार तोकिएको अवधिमा सम्पन्न गर्नुपर्ने काम नगरेको र निर्माण स्थल जिम्मा नलिइ अलपत्र छाडेका सात वटा निर्माण व्यवसायीसँग सम्झौता अन्त्य गर्ने चेतावनी नगरपालिकाको छ । नगरपालिकाले कानुन बमोजिम कालो सूचीमा सूचीकृतका लागि कारबाही प्रक्रिया अघि बढाएको छ ।

बुधबार गोरखापत्र दैनिकको प्रकाशित सूचना अनुसार कारबाही नगर्नु पर्ने कुनै आधार अथवा कारण भएमा सात दिनभित्र लिखित जानकारीसहित कार्यालयमा सम्पर्क राख्न समेत जानकारी दिएको छ ।
निर्माण व्यवसायीको नामः
१ अर्भान कन्स्ट्रक्सन प्रा।लि भरतपुर–१ चितवन
२ सेक्टर कन्सलटेन्ट प्रा।लि भरतपुर–१० चितवन
३ अनेष्ट कन्स्ट्रक्शन भरतपुर–१० चितवन
४ प्रशंसा कन्स्ट्रक्शन भरतपुर–१२ चितवन
५ सैयन कन्स्ट्रक्शन, रत्ननगर चितवन
६ संवृद्ध निर्माण सेवा भरतपुर–११ भरतपुर
७ पाण्डे कन्स्ट्रक्शन राप्ती–७ चतवन